धुलिखेल कारागारमा कैदीबन्दीहरूले गरे तोडफोड र आगजनी


काभ्रे ।

काभ्रेको धुलिखेलस्थित जिल्ला कारागारमा आज (बुधबार) कैदीबन्दीहरूले तोडफोड र आगजनी गरेका छन् । रिहाईको माग राख्दै उनीहरूले प्रदर्शन गर्दै कारागारभित्र आगोसमेत लगाइदिएका हुन् ।

कारागार प्रशासनका अनुसार, हाल कारागारमा रहेका २८३ जना कैदीबन्दी सुरक्षित रहेका छन् । आगो नियन्त्रणका लागि नेपाली सेनाले प्रयास जारी राखेको र अहिले कारागारको सम्पूर्ण सुरक्षा व्यवस्था समेत सेनाले नै सम्हालेको जानकारी दिइएको छ ।