जेनजी आन्दोलनमा प्रहरी वृत्त महाराजगञ्जका २ प्रहरीको मृत्यु


काठमाडौँ।

प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ ।

जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको बताए ।

मृत्यु हुनेमा एक असई र अर्का एक जना रहेको बताइएको छ । उनीहरुको नाम भने खुलाइएको छैन।

बाँकी कहाँ कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म यकिन विवरण नआएको घिमिरे बताए ।