हिल्टन होटलमा आगजनी, राजधानीमा तनाव थप


काठमाडौँ ।

राजधानीको नक्सालस्थित हिल्टन होटलमा मंगलबार दिउँसो आगजनी भएको छ। दिउँसो करिब १ बजेतिर प्रदर्शनकारीको समूहले होटलमा आगजनी गरेको महानगरीय प्रहरी वृत्त लैनचौरले जनाएको छ।

होटल परिसरमा लागेको आगो नियन्त्रणमा लिन दमकल तथा सुरक्षाकर्मी परिचालन गरिएको भए पनि आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ। आगलागीका कारण होटलभित्र ठूलो नोक्सानी भएको प्रारम्भिक जानकारी आएको छ।

सोमबार जेन्जीको आन्दोलनमा प्रहरीसँगको झडपमा १९ जनाको मृत्यु भएको थियो भने झण्डै ३ सय जना घाइते भएका थिए। त्यस घटनापछि आज बिहानदेखि देशभरै उग्र आन्दोलन, तोडफोड र आगजनी भइरहेका छन्।

काठमाडौं उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको भए पनि प्रदर्शनकारीले विभिन्न स्थानमा निरन्तर आक्रमण र आगजनी गरिरहेका छन्। हिल्टन होटलमाथिको आक्रमणले आन्दोलन झन् आक्रामक बन्दै गएको संकेत दिएको विश्लेषकहरूले बताएका छन्।