रौतहट।
रौतहटको चन्द्रपुर नगरपालिका यतिखेर जेनजी विद्यार्थीको समर्थन गर्दै आन्दोलनकारीको कब्जामा रहेको छ। चन्द्रपुर नगरपालिकामा रहेको एउटा टाटा सुमो दुईवटा स्कुटी दुईवटा पानी ट्याङ्कर भएको ट्याक्टर जलाइदिनुको साथै नगरपालिकामा समेत आयोजना गरेका छन् ।
अनियन्त्रित भीडले इलाका प्रहरी कार्यालयको एउटा भ्यानमा समेत आगो लगाइदिएका छन् भने परिसरमा रहेको मोटरसाइकलहरू तोडफोड गर्नुको साथै आगो लगाइदिएको छ। चन्द्रपुर नगरपालिकाको स्थिति यतिखेर असामान्य बन्दै गइरहेको छ। पूर्व पश्चिम राजमार्ग आन्दोलनकारीको कब्जामा रहेको छ भने रौतहटको सदरमुकामको गौर जाने सडक खण्डको विभिन्न स्थानमा अवरुद्ध हुँदै आएको छ।
आन्दोलनकारीको सामुने यतिखेर प्रहरी निरीह बनेको छ। आन्दोलनकारीहरूले प्रहरीहरूलाई इलाका प्रहरी कार्यालय आदरणीयपुरमा बन्दुक झैँ बनाएर राखेको अवस्था देखिएको छ। प्रहरीले अश्रुग्याँस र हवाई राउन्ड प्रहार गरे पनि आन्दोलनकारी तितर बितर हुन सकेका छैनन् भने सीमित प्रहरीले आन्दोलनकारी स्थितिलाई नियन्त्रणमा लिन नसकेको अवस्थामा थप बोल्न आएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया