बुटवल ।
जेन्जी पुस्ताका युवाहरूले सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा सडकमा प्रदर्शन गरेका छन्। आन्दोलनका क्रममा तिलोतमा –८ मा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडको घर तोडफोड भएको छ। त्यस्तै, नेकपा एमाले र नेपाली काँग्रेसका जिल्ला पार्टी कार्यालय समेत तोडफोड गरेका छन् ।
असामान्य अवस्था बढेपछि जिल्ला प्रशासनले बुटवल र भैरहवामा कर्फ्यूआदेश जारी गरेको छ। सुरक्षा बल परिचालन भए पनि प्रदर्शनकारीहरूले पार्टी कार्यालय र घरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए। स्थानीय प्रशासनले बुटवल भैरहवा सडक खण्डको दायाँ बायाँ एक सय मिटर वरपर समेत कफयु आदेश जारी गरेको छ ।
स्थानीय बासिन्दा र व्यापारीहरू प्रभावित भएका छन्। प्रशासनले हिंसा रोक्न चेतावनी जारी गर्दै घरभित्रै बस्न अपिल गरेको छ।











प्रतिक्रिया