काठमाडौं।
सिम्रिक युवा क्योकुसिन कराते डो– वज्रले २५ औं दक्षिण एसियाली अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराते खुला प्रतियोगिताका स्वर्ण विजेता सनी सिंहलाई नगदसहित सम्मान गरेको छ ।
काठमाडौं महानगरपालिका वडा १७ का अध्यक्ष नवीन मानन्धर र सिम्रिकका अध्यक्ष पुष्पमान मानन्धरद्वारा सनीलाई नगद १० हजारसहित सम्मान गरिएको हो।
श्रीलंकामा गत साउन ११ गते भएको प्रतियोगितामा सनीले २० खेलाडी सहभागी खुला तौलसमूहमा ४ खेलाडीलाई पराजित गरी स्वर्ण जितेको अध्यक्ष पुष्पमानले जनाए ।











प्रतिक्रिया