उदयपुर ।
उदयपुरको गाईघाटमा शुक्रबार कृषि उद्यमको विकास तथा विस्तारकालागि वितिय संस्थाहरु, कृषि उद्यमी तथा सरोकारबालाहरु बिचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो अन्तरक्रिया कार्यक्रममा त्रियुगा नगरपालिकाका पूर्व मेयर तथा डायमण्ड एग्रीकल्चर प्रालिका अध्यक्ष बलदेव चौधरीले उदयपुरमा अदुवा बेसार खेती अत्यन्त राम्रो हुने गरेको र यहाँको बेसारले विदेशी बजारमा समेत राम्रो स्थान पाएकोले स्थानीय सरकारले विशेष कार्यक्रम संचालन गरेर कृषि उद्यममा ध्यान दिनु पर्ने बताए ।

कार्यक्रमका सहजकर्ता तथा डायमण्ड एग्रीकल्चर प्रालिका संचालक कृष्ण चोङमाङले कृषि प्रधान देश नेपालमा ५० अर्वभन्दा बढीको चामल बाहिरबाट आयात गरिने जानकारी दिंदै श्रोत साधन भए पनि मागेर काम चलाउनु पर्ने अवस्था रहेको बताए ।
उनले अनमोल कृषि फमैसँग मिलेर हिमालय फूड प्रालि मार्फत नेपालबाट चिनमा १सय ५० अर्वको रागाको मासु अर्थात् १८ लाख २५ हजार राँगा निर्यात गर्न चिनिया सरकारसँग कुरा भएको जानकारी दिंदै कोशी प्रदेश र मधेश प्रदेशका विभिन्न ठाउँमा रागा पालेर मासु चिन निर्यात गर्नकालागि कुरा भएको बताए ।
सो कार्यक्रममा हिमालय फुड प्रालिका प्रबन्धक कृष्णहरी भट्टराईले हामी नेपाली कमाई भन्दा खर्च बढिगरिरहेको र नेपालीलाई गरिब होइन तर गरिब बनाइएको हो भन्दै सरकारले मासु जाँच ऐन नियम निर्देशिका ल्याउँछ तर कार्यान्वयमा नल्याउदा मासु चिन पठाउन समस्या भएको बताए ।
जिल्ला समन्वय समिति उदयपुरको आयोजना र डायमण्ड एग्रीकल्चर फर्म प्रालि उदयपुर र टर्मो एग्री हर्वो प्रोडक्ट एण्ड प्रोसेसिङ प्रा लि सुनसरीको सहजीकरणमा भएको सो कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौर बहादुर विश्वकर्माले गरेका थिए ।











प्रतिक्रिया