नेपालगन्ज ।
कर्तव्य पालनका क्रममा नेपाल प्रहरीका नायब निरीक्षक (सई) धनबहादुर थापाको निधन भएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियामा दरबन्दी भई हाल वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत थापा आज बिहान नियमित ड्युटीका लागि नेपालगन्ज बजारमा खटिएका थिए। ड्युटीमै अचानक हृदयघात भएपछि उनी एक्कासी ढलेका थिए।
तत्कालै अस्पताल पुर्याइए पनि चिकित्सकहरूले उनलाई मृत घोषित गरेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपीले जनाएका छन्।
रोल्पा स्थायी घर भएका सई थापा मिलनसार, कर्तव्यनिष्ठ र संगठनप्रति समर्पित प्रहरी अधिकारीका रूपमा चिनिन्थे। उनको आकस्मिक निधनले बाँके–बर्दिया प्रहरी परिवार स्तब्ध भएको जनाएको छ।
सई थापाको पार्थिव शरीर पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने बाँके प्रहरीले जनाएको छ।











प्रतिक्रिया