लन्डन, (एजेन्सी)
मोरोक्को आगामी २०२६ को फिफा विश्वकपमा छनोट हुने पहिलो अफ्रिकी टोली बनेको छ ।
मोरोक्को अफ्रिका महादेशको छनोटअन्तर्गत् नाइजरलाई ५–० ले हराएपछि विश्वकपमा छनोट भएको हो । अफ्रिकी छनोट अन्तर्गत अब अन्य ८ समूह विजेता सिधै विश्वकपमा छनोट हुनेछन् । उत्कृष्ट चार उपविजेताले प्ले–अफमार्फत प्रतिस्पर्धा गर्नेछन् ।
मोरोक्कोले यसअघि कतार विश्वकप २०२२ मा पनि खेलेको थियो । जुन विश्वकपमा सेमिफाइनलसम्म यात्रा गरेर इतिहास रचेको थियो । सेमिफाइनलमा फ्रान्ससँग २–० ले हारेपछि टोलीको सुनौलो यात्रामा पूर्णविराम लागेको थियो । तेस्रो स्थानको लागि भएको खेलमा क्रोएसियासँग अफ्रिकी टोली २–१ ले हारेको थियो ।











प्रतिक्रिया