नेपाल र बंगलादेशबीच आज मैत्रीपूर्ण फुटबल खेल


काठमाडौं ।

नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण फुटबल खेल आज साँझ ५:३० बजे दशरथ रंगशालामा हुँदैछ। फिफा विन्डोअन्तर्गतको यो खेल एएफसी एसियन कप छनोटको तयारीको रूपमा महत्वपूर्ण मानिएको छ।

करिब दुई वर्षपछि घरेलु मैदानमा खेल्न लागेको नेपाली टोलीका कप्तान किरण चेम्जोङ उत्साहित छन्। मुख्य प्रशिक्षक म्याट रसले जितका लागि खेल्ने बताए।

बंगलादेशका प्रशिक्षक जेभियर क्याब्रेराले पनि तयारी राम्रो भएको बताएका छन्। दोस्रो खेल मंगलबार हुनेछ र समग्र नतिजाका आधारमा विजेता घोषणा गरिनेछ। आवश्यक परे पेनाल्टी सुटआउट हुनेछ। विजेताले ट्रफी र पदक पाउनेछन्।