काठमाडौँ।
सरकारले बन्द गरेका २६ सामाजिक सञ्जाल मध्ये ८ वटा सरकारको सम्पर्कमा आएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणले बन्द गर्नका लागि इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेका मध्ये सोही बराबरका सामाजिक सञ्चालका सञ्चालकहरू सम्पर्कमा आएका हुन् ।
नेपालका लागि केन्द्रित गरेर सञ्चालन गरेको हाम्रो पात्रोले बिहीबार नै दर्ता प्रक्रिया थालेर निष्क्रिय हुनबाट जोगिएको छ । त्यस लगत्तै मेटाले समेत अनौपचारिक रूपमा सम्पर्कमा आएर सूचीकरणका लागि आवश्यक कागजातकाे बारेमा बुझेको सञ्चार मन्त्रालयले जनाएको हाे ।
मेटा फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्सको सञ्चालक कम्पनी हो । त्यस्तै, शुक्रबार ट्वीटर (एक्स) ले पनि सरकारसँग आधिकारिक रूपमै सम्पर्कमा आएको मन्त्रालयले जनाएकाे छ । शुक्रबार नै चिनियाँ सामाजिक सञ्जाल कम्पनी वी च्याटले समेत सरकारसँग सम्पर्कमा आएर सूचीकरणको प्रक्रियाकाे बारेमा जानकारी मागेको जनाइएकाे हाे ।
सरकारले बन्द गर्न निर्देशन दिएका मध्ये अब युट्यूब, लिंक्ड इन, स्न्याप च्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टो डन, रम्बल, मि वी, मि भिके, लाइन, इमो, जालो र सोल सम्पर्कमा नआएकाे मन्त्रालयले जनाएकाे छ।











प्रतिक्रिया