आरएस रिसोर्ट राष्ट्रिय लिगमा छनोट


काठमाडौं,

आरएस रिसोर्ट एण्ड बिच फुटबल एन्फा राष्ट्रिय लिगका लागि छनोट भएको छ ।
बिहीबार ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न समूह ‘ए’को खेलमा आरएसले स्टुडेन्ट्स एफसीमाथि ४–१ को विजयी हासिल गरेको थियो । यो जितसँगै आरएस अंकतालिकाको शीर्ष स्थानमा उक्लिँदै राष्ट्रिय लिगका लागि छनोट भएको हो ।

सिंगल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहका शीर्ष दुई टोली राष्ट्रिय लिगमा छनोट हुने सेट–अप छ । यो समूहबाट चर्च ब्वाइज युनाइटेड र राप्ती फुटबल क्लबले छनोटमा आफ्नो दाबेदारी प्रस्तुत गरिरहेको छ ।समूह ‘बी’बाट संकटा क्लब यसअघि नै राष्ट्रिय लिगका लागि छनोट भइसकेको छ ।