न्युयोर्क, (एजेन्सी)
एमान्डा एनिसिमोभाले यही वर्षको तेस्रो ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डन फाइनलमा बेहोरको लज्जास्पद पराजयको मीठो बदला लिएकी छन् । अमेरिकाकी उदीयमान खेलाडी एनिसिमोभाले दोस्रो वरियताकी इगा स्वियाटेकसँग वर्षको चौथो तथा अन्तिम ग्रान्डस्लाम प्रतियोगिता यूएस ओपनमा बदला लिएकी हुन् ।
विम्बल्डन फाइनलमा ६–०, ६–० ले लज्जित बनेकी एनिसिमोभाले पोल्यान्डकी स्वियाटेकलाई ६–४, ६–३ ले हराएकी हुन् । यो जितसँगैं उनी सेमिफाइनलमा पुगेकी छन् । स्वियाटेकको यात्रा भने अन्तिम आठबाटै बाहिरिइन् ।
यो जितपछि २४ वर्षीया एनिसिमोभाले भनिन् कि यो उनको करिअरकै सबैभन्दा अर्थपूर्ण जित हो । उनले यो पनि बताइन् कि स्वियाटेकविरुद्धको विम्बल्डन फाइनलको पीडादायी हारलाई हेरेर पाठ सिक्न पाएकी थिइन् । उनको अन्तिम चारमा नाओमी ओसाकासँग सामना हुनेछ ।











प्रतिक्रिया