ओखलढुङ्गाको चम्पादेवीमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य बैठक सम्पन्न

1.5k
Shares

ओखलढुङ्गा ।

 ओखलढुङ्गाको चम्पादेवी गाउँ पालिकामा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य बैठक सम्पन्न भएको छ । बैठक चम्पादेवी गाउँ पालिका उपाध्यक्ष दिलमाया मगरको अध्यक्षतामा आज सम्पन्न भएको हो । 

बैठकमा परिवर्तनशील महिला सामुदायिक संस्थाले सञ्चालन गरेको सुरक्षित आवास गृहको निरन्तरताको बारेमा छलफल गरी निर्णय गरिएको छ । जिल्ला अस्पताल ओखलढुङ्गामा सञ्चालनमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (  OCMC ) सञ्चालनका लागी समेत बजेट बिनियोजन गर्ने निर्णय गरिएको चम्पादेवी गाउँ पालिका उपाध्यक्ष दिलमाया मगरले बताएकी छन्। 

गाउँपालिकाले सुरक्षित आवास गृह र सञ्चालनमा रहेको एकद्वारा सङ्कट व्यवस्थापन केन्द्र (OCMC ) सञ्चालन सहयोगका लागी बजेट विनियोजन नगरेको भएता पनि गाउँपालिकाको विविध खर्च शीर्षकबाट खर्च गरी सहयोग गर्ने योजना रहेको उपाध्यक्ष मगरको भनाई रहेको छ । सुरक्षित आवास गृह र एकद्वारा सङ्कट व्यवस्थापन केन्द्र (OCMC ) ले हिंसामा परेकाहरूलाई उद्धार गरी सहयोग गरेकाले कार्यक्रम निरन्तरताका हुनु पर्नेमा उपाध्यक्ष मगरको जोड रहेको थियो ।

 बैठकमा UNFPA का ओखलढुङ्गा संयोजक रेखा श्रेष्ठले सुरक्षित आवास गृह र एकद्वारा सङ्कट व्यवस्थापन केन्द्र (OCMC) को बारेमा जानकारी गराएकी थिइन्।  यसै गरी संयोजक रेखा श्रेष्ठले सुरक्षित आवास गृह र एकद्वारा सङ्कट व्यवस्थापन केन्द्र (OCMC ) ले हाल सम्ममा गरेका कृयाकलापको बारेमा समेत बैठकमा सहभागीहरूलाई जानकारी गराएकी थिइन् । 

UNFPA ले ओखलढुङ्गा जिल्लामा २०७३ साल देखी लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना सञ्चालन गरिरहेको छ । 

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाले जिल्लाको रुम्जाटार अस्पतालमा एकद्वारा सङ्कट व्यवस्थापन केन्द्र (OCMC ) र परिवर्तनशील महिला सामुदायिक संस्था मार्फत सुरक्षित आवास गृह सञ्चालन गरिरहेको छ ।

 सुरक्षित आवास गृह र एकद्वारा सङ्कट व्यवस्थापन केन्द्र (OCMC ) बाट विभिन्न किसिमका लैङ्गिक हिंसामा परेका जिल्ला बासीहरूले सेवा लिई रहेका छन् ।