एनआईसी एसियाका ग्राहकलाई माउन्टेन भिस्टामा छुट


काठमाडौं ।

एनआईसी एसिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकले नगरकोटमा रहेको माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।

त्यस्तै बैंकका ग्राहकले उक्त होटलका कुनै पनि सेवा लिँदा उक्त छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाको उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङएप मार्फत भुक्तानी गर्नु पर्नेछ ।