प्रभु बैंकलाई युरोमनी अवार्ड


काठमाडौं ।

प्रभु बैंकले ‘उत्कृष्ट डिजिटल बैंक’ का लागि अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय संस्था युरोमनी लिमिटेडले सिंगापुरमा आयोजित कार्यक्रममा बैंकलाई युरोमनी एक्सिलेन्स अवार्ड प्रदान गरेको हो । बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित अन्य तीन महिला अधिकृतले संयुक्त रूपमा अवार्ड ग्रहण गरेका छन् । यसअघि पनि प्रभु बैंकले बैंक अफ द इयर २०२३ को सम्मान पाएको थियो । प्रभु बैंकले यो अवार्डलाई साना तथा मझौला उद्यम (एसएमई) लक्षित डिजिटल सेवामा आफ्नो योगदानप्रति अन्तर्राष्ट्रिय मान्यता भएको जनाएको छ ।

पछिल्ला वर्षमा बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल कर्जा, अनलाइन खाता सञ्चालन, कर तथा राजस्व तिर्ने सुविधा, व्यावसायिक भुक्तानी समाधान, बीमा तथा वित्तीय परामर्श सेवाजस्ता नवीनतम सुविधा विस्तार गर्दै आएको छ । प्रभु बैंकको ३१२ शाखा, ४८ विस्तार काउन्टर, २५६ एटीएम तथा डिजिटल प्लेटफर्ममार्फत सेवा प्रवाह गर्दै आएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अवार्ड प्राप्ति केवल संस्थागत सफलताको प्रमाण नभई सम्पूर्ण नेपाली उद्यमशीलता समुदायको जित रहेको बताउनुभयो ।