काठमाडौँ।
त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिले त्रि.वि. कार्यकारी परिषद्को कायममुकायम (का.मु.) खारेज गर्ने निर्णय लुकाएर ढिलो कार्यान्वयनमा ल्याइएकोप्रति तीव्र आपत्ति जनाएको छ।
संघले जारी गरेको विज्ञप्तिमा निर्णय भएको झण्डै एक वर्षपछि मात्र परिपत्रमार्फत कार्यान्वयनमा ल्याइएको भन्दै यसले प्रशासनिक कार्यक्षमता र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा भएको उल्लेख छ।
विज्ञप्तिमा नियमविपरीत ढंगले कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको र यसले कर्मचारीको मनोबल गिराएको आरोप लगाइएको छ। साथै, रिक्त दरबन्दी तुरुन्तै पूर्ति नगरी कायममुकायम खारेज गर्नु प्रशासनलाई नै अस्तव्यस्त बनाउने कदम भएको संघको भनाइ छ।
संघले त्रि.वि. शिक्षक कर्मचारी सेवा नियमावली २०५० को व्यवस्था विपरीत गरिएको निर्णयलाई खारेजयोग्य बताउँदै तत्काल फिर्ता लिन माग गरेको छ।
यो पनि :
रजिस्टार कार्यालयले लुकाएको पत्र ११ महिनापछि सार्वजनिक











प्रतिक्रिया