काठमाडौँ ।
नेपाली बजारमा बुधबार सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा २ हजार रुपैयाँले बढ्दै २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको हो, जुन हालसम्मकै उच्च मूल्य हो।
मंगलबार यो मूल्य २ लाख ५ हजार ९०० रुपैयाँ थियो। त्यसैगरी, चाँदीको मूल्य भने घटेर तोलामा २ हजार ४८० रुपैयाँमा झरेको छ।











प्रतिक्रिया