काठमाडौं ।
प्रधान सेनापति ट्रफी २०८२ प्रतियोगिताको उदघाटन मंगलबार भएको छ । प्रतियोगिताको उदघाटन प्रधान सेनापति महारथी अशोक राज सिग्देलले गरेका हुन् ।
भद्रकालीस्थित नेपाली सेनाको जंगी अड्डाको मैदानमा पहिलो दिन दौड प्रतियोगिता सम्पन्न भयो । पुरुषको १५ सय मिटर र महिलाको ८ सय मिटर दौड भएको थियो ।
जसमा, पुरुषतर्फ कीर्तिमान समय बनेको थियो ।यससँगैं प्रतियोगितामा एथ्लेटिक्स, पौडी, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल पनि आयोजना गरिने आयोजकले जनायो ।
प्रतियोगिता शुरु हुनअघि खेल मैदानमा प्रतियोगितामा सहभागि पृतना र बाहिनीका खेलाडीहरूले मार्च पासका साथै विभिन्न खेलसम्बन्धी कला प्रस्तुत गरेका थिए । यस प्रतियोगिता २०६५ सालदेखि शुरुवात भएको हो ।











प्रतिक्रिया