दुई  हप्तादेखि विद्यालय बन्द भएपछि बालबालिकाको पठनपाठनमा बाधा

1.13k
Shares

कालिकोट  । 

नरहरिनाथ गाउँपालिका–७ माल्कोटमा रहेको शान्ति माध्यामिक विद्यालय रातिमाटाको दुई कोठे नयाँ पक्की भवनमा पहिरोले क्षति पु¥याएपछि विद्यालय बन्द भएको दुई हप्ता पुगिसक्दा पनि सुचारु हुन नसक्दा सोही स्कुलमा अध्ययनरत बालवालिकाहरुको पठनपाठनमा बाधा पुगेको छ ।

विद्यालयको पक्की भवनमा पहिरोले क्षति पु¥याएपछि भदौ ३ गतेबाट पठनपाठन बन्द भएपनि स्थानीय सरकार र सरोकारवालाको कुनै चासो नभएपछि विद्यार्थीको पठनपाठनमा बाधा पुगेको हो ।

वर्षासँगै आएको पहिरोले पक्की भवनको पछाडिको भाग पूरै भत्किएर पिलर भाँचिएपछि विद्यालय बन्द गर्नुपरेको भएपनि वैकल्पिक व्यवस्थाको वारेमा कुनै उपाय नहुँदा  विद्यालय बन्द गर्नु परेको प्रधानाध्यापक हरिचन्द्र बटालाले बताए । उनका अनुसार पहिरोले पूरै विद्यालय जोखिममा रहेकोले भदौ ३ गतेबाट पठनपाठन पूर्णरुपमा बन्द गरिएको थियो ।

 पहिरोले विद्यालयको खानेपानी, डेस्क बेन्च, फर्निचर र ट्याङ्कीहरुमा पूर्ण क्षति पु¥याएको र आकाषबाट पानी पर्नासाथ स्कुलमाथिबाट पहिरो झरिहाल्ने भएका कारण विद्यालय बन्द भई  विद्यार्थी पठनपाठनमा बाधा पुगेको सोही विद्यालयका शिक्षक दुर्गाप्रसाद चौलागाँइले बताए । साथै उनले विद्यालयमा भएको समस्याले विद्यार्थीको पढाइमा पुगेको बाधाप्रति सरोकारवलाको चासो नरहेको बताए ।

 नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले पहिरोले भवन क्षति बनाएर बालबालिकाको पठनपाठन बन्द भएको विषयलाई पालिकाले गम्भीर रुपमा लिएको बताउँदै विद्यार्थीलाई अध्ययनको वातावरण मिलाउने प्रतिबद्धता जनाए पनि हाल सम्पर्कमा नरहेको गुनासो स्थानीय अभिभावक ध्रुवविक्रम शाहीले गरेका छन्।

२०४२ मा स्थापना भएको यस विद्यालयमा बालविकास केन्द्रदेखि कक्षा १२ सम्म अध्ययन गर्ने ४ सय ५० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।