काठमाडौँ।
नेपाली बजारमा मंगलबार समेत सुनको मूल्य बढेको छ । सुनको मूल्य बढेसँगै मंगलबार नयाँ रेकर्ड बनाएको छ । सोमबार १७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको सुनले मंगलबार फेरी ६०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
सोमबार प्रतितोला २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर २ लाख ५ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै आज चाँदीको मूल्य समेत १५ रुपैयाँले बढेको छ। महासंघका अनुसार सोमबार २४ सय ७० रूपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार २४ सय ८५ रूपैयाँ पुगेको छ।











प्रतिक्रिया