रास्वपा उम्मेदवार लेखजंग थापाको पत्रकार सम्मेलन स्थगित


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ का लागि छनोट गरेका उम्मेदवार डा. लेखजंग थापासहितको पत्रकार सम्मेलन स्थगित भएको छ ।आज दिउँसो २ बजेका लागि तय गरिएको पत्रकार सम्मेलन स्थगित गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए । तर, अर्को समय तोकिएको भने छैन ।

रास्वपाले गत साउन ७ देखि भदौ ८ गतेसम्म रूपन्देही–३ को उपनिर्वाचनको लागि उम्मेदवार चयन प्रक्रिया चलाएको थियो ।

आइतबार मात्र डा लेखजंग थापालाई उम्मेदवार घोषणा गरेको थियो । तर, उनलाई उम्मेदवार बनाउने घोषणापछि थापाले दुई विवाह गरेको विषय बाहिरिएपछि उनी विवादमा तानिएका थिए।

रूपन्देही–३मा कार्तिक१७ गते उपनिर्वाचन हुँदैछ।