अफगानिस्तान भूकम्प अपडेट : ६०० भन्दा बढीको मृत्यु, हजारौँ घाइते


काठमाडौँ।

अफगानिस्तानको पूर्वी क्षेत्रका कुनार र नांगरहार प्रान्तमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ। भूकम्पका कारण मृत्यु हुनेको संख्या ६ ०० भन्दा बढी पुगेको र २,५०० भन्दा बढी घाइते भएका छन् ।

मध्यरातअघि आएको भूकम्पले काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्म भवनहरू हल्लाएको थियो ।

यस भूकम्पले कुनारका तीन गाउँहरूलाई पूर्णरूपमा ध्वस्त बनाएको छ, जसमा कुनार प्रान्तमा ६१० र नांगरहार प्रान्तमा १२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

यस विपत्तिका कारण प्रभावित क्षेत्रहरूमा उद्धार र राहत कार्य तीव्र पारिएको छ। संयुक्त राष्ट्रसंघ र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले आपतकालीन सहायता पठाएका छन्, र नेपाल सरकारले पनि अफगानिस्तानलाई मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

अफगानिस्तानका नागरिक र उद्धारकर्मीहरूलाई सहयोग पुर्याउनका लागि अन्तर्राष्ट्रिय समुदायको एकजुटता र सहकार्य अत्यन्त आवश्यक रहेको छ। यस विपत्तिका बेला नेपालका नागरिक र संस्थाहरूले पनि मानवीय सहायता पुर्याउनका लागि पहल गर्न सक्नेछन्।