काठमाडौँ।
नेपाली बजारमा सुनको मूल्यले निरन्तर किर्तीमान कायम गरिररहेको छ । आइतबार स्थानीय बजारमा प्रतितोला दुई लाख तीन हजार ६०० मा किनबेच भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार तोलामा एक हजार सात सय बढेको हो । आज सुन प्रतितोला दुई लाख पाँच हजार तीन सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ४७० पुगेको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ४२५ मा खरिदबिक्री भएको थियो ।











प्रतिक्रिया