धनगढी
सवारी साधन चेकिंगका नाममा धनगढीमा ट्राफिक प्रहरीको आतंक रहेको छ । विभिन्न बाहनामा गर्ने चेकजाँचका नाममा ट्राफिक प्रहरीको आतंक मच्चाउँदै आएको छ । चेकजाँच बाट दुर्घटना न्यूनीकरण भन्दा पनि चेकजाँचलाई पैसा कमाउने माध्यम बनेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक चक्र देउवा आफै फिल्डमा खटेर चेकजाँचका नाममा दुःख दिइरहेकाछन् । खास गरेर भारतीय नम्बर प्लेटका सवारी साधनलाई बढी सास्ती दिने गरिएको छ । नेपाल घुम्न आउने भारतीय नागरिकलाई विभिन्न बाहनामा ट्राफिक प्रहरीले सताउने गरेको छ । विहान त्रिनगर भन्सार कार्यालयमा सवै कागजपत्र बनाएर धनगढी आएपनि ठाउँ ठाउँमा रोकेर अनावश्यक दुःख दिने गरेका छन् । साँझ भारततर्फ फर्कन लाग्दा भारतीय नम्वर प्लेटका गाडीलाई अनावश्यक चेकजाँच गर्ने गरेको गुनासो छ । नेपाली नम्बरका गाडीभन्दा पनि भारतीयलाई दुःख दिने गरेका छन् । जरिवानाका नाममा आइतबार ट्राफिक प्रहरी कार्यालय धनगढी पठाएको भारतीय सवारी साधनबाट एक हजार जरिवाना भन्दै लिएर रसिद नदिएर पठाएका छन् । यो कार्यमा प्रहरी निरीक्षक आफै संलग्न भएका छन् ।
ट्राफिक प्रहरीको अनावश्यक झनझटले नेपाल आउन मन नगर्ने भारतीय नागरिकहरु सवारीसाधन बोडरमा राखेर नेपाल आउने गर्दछन् । नेपालीहरु भारतीय सीमा बजार पलियाँ जाँदा भारतीय पक्षबाट नेपालीहरुलाई कुनै दुःख र झनझट दिएको हुँदैन तर नेपाल आउने भारतीय सवारीसाधनलाई ट्राफिक प्रहरीले चेकजाँचका नाममा सास्ती दिएको गुनासो भारतीय नागरिकहरुको छ । सवारी साधन लिएर पहिलो पटक नेपाल घुम्न आएका भारतीयहरु अव कहिल्यै नआउने भन्दै फर्कने गरेका हुन्छन् । आफ्ना सवारीसाधन लिएर सपरिवार घुम्न आउने भारतीयले नेपालमा खानपिन गर्ने र सामानहरु किनेर लिएर जाने मन गर्छन् तर ट्राफिक प्रहरीका कारण सामान लिने मन नगर्ने गरेको नेपाली ब्यापारीहरु बताउँछन् । भारतीयको सवारी साधन आवागमनमा सीमाबाटै सहज गर्ने हो भने नेपालमा ब्यापार ब्यावसाय बढ्ने आशा नेपाली ब्यापारीहरुको छ ।
सानोसानो कुरालाई बाहाना बनाएर ठुलो दुःख दिने गरेको गुनासो छ । खासगरेर भारतीय नम्बर प्लेटका गाडीबाट अबैधरुपमा ट्राफिक प्रहरीले रकम उठाउने गरेको छ । आइतबार साँझमात्र पलिया ब्यापार मण्डलका सदस्यहरुमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चक्र देउवाको कमाण्डमा खटिएको टोलीले मादक पदार्थ सेवन गरेको भन्दै उनीहरुलाई एक घण्टासम्म रोकेर राखेको थियो । भारतीय नागरिक सवार एक गाडीलाई रोकेर जरिवाना काट्नका लागि भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पठाएपनि उनीहरुलाई रसिदनै नदिएर रकम लिएर पठाएका थिए । प्रहरी निरीक्षक देउवाको निर्देशनमा रकम उठाउने काम भइरहेको गुनासो सुनिने गरेको छ ।
धनगढीमा दुई दुई वटा क्यासिनोहरु छन् क्यासिनोमा भारतीय नागरिकहरु आउने गरेका छन् उनीहरु क्यासिनोमा खानपिन र रमाईलो गर्न आउने हुन उनीहरुलाई मापसेका नाममा अनावश्यक दुःख दिने गरेका छन् । जरिवाना गरेर मापसे गरेपनि छुट पाउनु भनेको पैसा तिरेर गल्ती गर भन्ने अनुमति दिनु जस्तै भएको स्थानीयको भनाई छ ।
सवारी साधन चेकिंग र मादक पदार्थ सेवन गरे नगरेको भन्दै चेकिँगकालागि सडकमा पुगेका ट्राफिक प्रहरीले निकै दुःख दिने गरेको गुनासो सुनिने गरेको छ । सडकमा अनियन्त्रीत र तिब्रगतिमा गुडेका मोटरसाईकलहरुलाई चेकिँगमा रहेको प्रहरीले रोकेको थिएन भने भारतबाट नेपाल घुम्न आएका भारतीयहरुले चलाएका गाडीहरुलाई छानीछानी सास्ती दिइरहेका थिए । कसैलाई कागजपत्र माग्दै अनावश्यक दुःख दिएका थिए भने कसैलाई मापसेको बाहनामा दुःख दिएका थिए । ट्राफिक प्रहरीले चेकिंगकालागि राखेको ब्रेथलाईजर मेसिनले मादक पदार्थ सेवन गरेको भन्ने संकेत गरेको भन्दै जरीवाना काट्ने अनावश्यक झन्झटमा पार्ने गरेको गुनासो पनि छ । ब्रेथलाईजरमा कति मात्रा देखाएमा मपसे मान्ने भन्ने एकिन छैन उक्त मेशिनमा एपलसाईडर खाएपनि मापसे गरेको देखाउने भएकाले सास्ती भोग्नुपरेको छ ।
गुणस्तरहिन मेशिनको प्रयोग गरेर जनतालाई दुःख दिने काममा ट्राफिक प्रहरी लागेको छ । सरकारलाई दोष दिएर आफ्नो गल्ती ढाकछोप गर्न लागेको छ । आइतवार साँझ ट्राफिक प्रहरीका प्रहरी निरीक्षक चक्र देउवाले मेशिनका बारेमा आफूलाई नभई सरकारलाई प्रश्न गर्न भन्दै धम्काएका थिए । उनको कमाण्डमा खटेको प्रहरीले गरेको चेकजाँचका क्रममा कति देखायो भन्ने पत्रकारको प्रश्नमा आफुनाई थाहा नभएको भन्दै झोक्किएका थिए ।
सुदूरपश्चिम प्रहरी प्रमुख डिआजी डम्मर विकले यस बारेमा आफूले बुझ्ने बताए ।











प्रतिक्रिया