सिन्धुली ।
सिन्धुलीको दुधौली नगरपालिकामा छोराले आफ्नै आमाको हत्या गरेका छन् । आईतवार विहान साढे ११ बजेको समयमा दुधौली नगरपालिका १४ भौडीका ४० बर्षिया तुला राज सुनुवारले आफ्नै आमा अन्दाजी ६५ बर्षिया फाल कुमारी सुनुवारको हत्या गरेका हुन् ।
प्रारम्भिक अनुसन्धान अनुसार घरयसी अंशको विषयमा झगडा भई छोरा तुला राजले फलामको खन्तीले टाउको र छातीमा हिर्काएर आमाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । आमाको हत्या गरेर भाग्दै गरेका निज तुलाराजलाई प्रहरी चौकी दुधौलीबाट घटनास्थल गएको प्रहरी टोली र स्थानीयले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिए ।
उनका अनुसार इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरिक्षक सिमोन धितालको कमाण्डमा खटेको टोलीले थप अनुसन्धान कार्य अगाडी बढाएको छ । शवको पोष्टम्याटमको लागि उदयपुरको कटारी पठाइएको छ ।











प्रतिक्रिया