लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानको निधन


  बुटवल। 

लुम्बिनी सांस्कृतिक नगरपालिकाको नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन  भएको छ । लामो समयदेखि मुटु रोग बिरामी रहेका मुसलमानको शनिबार बिहान हृदयघातकै कारण मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

शनिबार बिहान ९ बजे हृदयाघात भएपछि घरमै मृत्यु भएको पारिवारिक श्रोतले जनाएका छन् । उनको शवलाई परम्परा अनुसार साँझ ५ बजे स्थानीय कब्रिस्तानमा अन्त्येष्टि गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले जानकारी दिए ।

खाँन नेपाली काँग्रेसको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकामा निर्वाचित भएका थिए ।