काठमाडौँ।
इजरायली सेनाले गाजा पट्टीमा गरिएको एक कारबाहीको क्रममा इजरायली बन्धक इलान वेइसको शव बरामद भएको बताएको छ।
७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा हमासको आक्रमणमा ५६ वर्षीय इलान वेइस मारिएका थिए।
बीबीसीका अनुसार इजरायली सेनाले अर्का बन्धकको अवशेष पनि फेला परेको बताएको छ, तर उनको पहिचान अझै सार्वजनिक गरिएको छैन।
इजरायली सेनाले इजरायलमा हमासको आक्रमणमा १,२०० जना मारिएका थिए र २५१ जनालाई गाजामा बन्धक बनाइएको थियो।
यसपछि इजरायलले गाजामा ठूलो सैन्य कारबाही सुरु गरेको थियो, जसमा धेरै मानिसहरू मारिएका थिए।
गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म ६३ हजारभन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन्।











प्रतिक्रिया