धनगढी।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको अभिव्यक्तिप्रति थारुवान संयुक्त सङ्घर्ष समितिले गम्भीर आपत्ति जनाएको छ । नेपाल मगर संघका पूर्व अध्यक्ष स्वर्गीय गोरेबहादुर खपांगी मगरको नवौं स्मृति दिवसको अवसरमा नेपाल मगर संघले भदौ १३ गते रुपन्देहीमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्ने क्रममा आफूलाई थारु नेताहरुलेनै झ्यालखानामा पठाएको अभिव्यक्ति दिएका थिए । चौधरीको अभिव्यक्ति प्रति थारु थारुवान सङ्घर्ष समितिको गम्भीर आपत्ति रहेको भन्दै प्रेस विज्ञप्ति जारी गरिएको छ ।
थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थरुहट थारुवान संयुक्त सङ्घर्ष समितिका संयोजक समेत रहेका प्रेमीलाल चौधरीले जारी गरेको प्रेस विज्ञप्तीमा रेशमलाल चौधरीको अभिव्यक्ति प्रति आपत्ति जनाईको छ । विज्ञप्तीमा सदियौंदेखिको उत्पीडनबाट पीडित थारुहरु मुक्ति खोज्दै आत्म सम्मान,पहिचान,न्याय ,अधिकार एवं समग्र विकासका लागि राजनीतिक एवं गैरराजनीतिक थारु संघ संस्था संगठन नेता ,अभियन्ता,अगुवाहरुलाई थरुहट थारुवान संयुक्त सङ्घर्ष समितिमा गोलबन्द गरी विभिन्न माग मुद्धाहरु बुलन्द रुपमा उठान गर्दै निरन्तर सङ्घर्ष गर्दै आएको बेला टीकापुरमा थरुहट विद्रोहको सन्द्धर्भमा रेशमलाल चौधरीले सस्तो लोकप्रियताका लागि थारु नेताहरुलाई लगाएको निराधार कपोकल्पित मित्थ्या,भ्रामक एवं गलत आरोपको खण्डन सहित रेशमले दिएको अभिव्यक्तिप्रति खेद ब्यक्त गर्दै घोर भ्रत्र्सना गर्दछांै भनिएको छ ।
थरुहट थारुवान आन्दोलनको क्रममा सङ्घर्ष समितिले संविधानका अन्तरवस्तुसंग जोडिएका ४१ बुँदे माग सरकारसंग भएगरेको सहमति सम्झौता कार्यान्वयन संगै संघर्षको शुभारम्भदेखि टीकापुर थरुहट विद्रहसम्म सङ्घर्ष गर्दै गर्दा राज्य पक्षबाट सुनियोजित रुपले थरुहट राजबन्दीहरुप्रति लगाइएको झुठा मुद्दाको खारेजी निःशर्त रिहाई सहिद तथा घाइते परिवारलाई रोजगारी, क्षतिपूर्ति,औषधिउपचारको ब्यवस्था मिलाउनुपनुपर्ने एवं टीकापुरको घटना सम्बन्धमा गिरिशचन्द्र लालको उच्चस्तरीय न्यायिक समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखी सङ्घर्ष गरिरहेको थारु नेताहरूमाथि आन्दोलनको मूल मर्म र भावना विपरीत गम्भीर प्रहार गर्दै रेशमलाल चौधरीले लागाएको आरोप सहय नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
रेशम जेलमा रहँदा उनीसहित सम्पूर्ण राजबन्दीहरुको निःशर्त रिहाईका लागि सशक्त आवाज उठाउने थारु नेताहरुलाई निराधार आरोप लगाउनु रेशमको राजनीतिक बेइमानी भएको भन्दै विज्ञप्तिको अन्त्यमा भनिएको छ‘ यस किसिमको गम्भीर सवालसहित आगामी दिनहरुमा यस्ता किसिमको गैरजिम्मेवार अभिव्यक्ति नदिन सचेत एवं सजग गराउँदै गलत आरोप सच्याई आफ्नो अभिव्यक्ति तुरुन्त फिर्ता लिई सार्वजनिक रुपमा माफी माग्न थरुहट थारुवान संयुक्त सङ्घर्ष आग्रह गर्दछ ।’












प्रतिक्रिया