साफ U-17 महिला फुटबल: नेपाल आज भारतसँग प्रतिस्पर्धा गर्दै


काठमाडौं ।

साफ १७ वर्षमुनि महिला फुटबल प्रतियोगितामा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। उपाधि होडबाट बाहिरिसकेको नेपालले साँझ ६ बजे भारतसँग खेल्नेछ।

डबल राउन्ड रोबिन आधारमा जारी प्रतियोगितामा भारत १२ अंकसहित शीर्ष स्थानमा छ, जबकि नेपाल ३ अंकसहित तेस्रो स्थानमा रहेको छ। भुटान चौथो स्थानमा छ भने बङ्गलादेश ९ अंकसहित दोस्रो स्थानमा रहेको छ।

नेपालले आगामी खेल भदौ १५ गते भुटानसँग खेल्ने तालिका छ।