नेपाली बजारमा सुनको मूल्य २ लाख नाघ्यो


काठमाडौँ ।

नेपाली बजारमा सुनको मूल्य इतिहासमै पहिलोपटक तोलामा २ लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य २ लाख ६ सय रुपैयाँ पुगेको हो।

यसअघि बिहीबार तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य एकैदिनमा १२०० रुपैयाँले बढेको हो। यससँगै चाँदीको मूल्य पनि तोलामा २ हजार ३६० रुपैयाँ पुगेको छ।