काठमाडौँ ।
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८१.०० विन्दुमा झरेको छ। अघिल्लो दिन उच्च अंकले बढेको बजार आज फेरि २८०० विन्दुभन्दा तल झरेको हो।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। आज ३२२ स्क्रिपको ७८ हजार ३७९ पटकको कारोबारमा ८ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
विकास हाइड्रोपावरको सेयर आज पनि सर्किट लेभलमा वृद्धि भई अन्तिम मूल्य ५६८.९० रुपैयाँ पुगेको छ। उता ओरियन्टल होटलको सेयर मूल्य ४.७१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ, जसको ६५ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भयो। त्यसपछि हिमालयन रि इन्स्योरेन्स र हिमालयन डिष्टिलरीको पनि ठुलो कारोबार भएको छ।
आज म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको सूचकमात्र बढेका छन् भने अन्य ११ उपसमूहको सूचक घटेका छन्। विकास बैंक उपसमूह सबैभन्दा धेरै, २.३८ प्रतिशतले घटेको छ।











प्रतिक्रिया