गुल्मी ।
गुल्मी जिल्लामा पछिल्ला तीन आर्थिक वर्षदेखि उद्योग व्यवसाय बन्द हुने दर लगातार बढिरहेको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका अनुसार आर्थिक वर्ष २०८१|८२ मा मात्रै ५८३ वटा उद्योग र वाणिज्य फर्म बन्द भएका छन । जसले गर्दा राजस्व संकलनमा पनि कमी आएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका अनुसार आर्थिक वर्ष २०८१|८२ मा उद्योग २६३ र वाणिज्य फर्म २८३ गरी ५८३ वटा उद्योग व्यवसाय बन्द भएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका सूचना अधिकारी जीवन घिमिरे जानकारी दिनुभयो ।
यस अवधिमा ११० वटा दर्ता भएका छन् ।
जसमा उद्योगतर्फ ५८ वटा र वाणिज्यतर्फ ५२ वटा दर्ता भएका छन । जसबाट ४७ लाख ७४ हजार २३५ रुपियाँ राजस्व संकलन भएको छ । साथै १ हजार १४० वटा व्यवसाय नवीकरण भएका छन् । आर्थिक वर्ष २०८०|८१ सम्म उत्पादनमूलक ९ वटा, कृषि तथा वन्यजन्य ५० वटा, पर्यटन मुलक ६५, सेवामूलक ३८ वटा गरी कूल १५९ वटा उद्योग बन्द भएका छन् ।
त्यस्तै वाणिज्य तर्फ प्राइभेट फर्म १८७ बन्द भएका छन् । यो अवधिमा उद्योग दर्ता ७३ वटा र २९५ वटा नवीकरण भएका छन् ।











प्रतिक्रिया