काठमाडौं ।
दक्षिण कोरियाली कम्पनी जी–फिलोस कोअपरेटिभ लिमिटेडले नेपालमा ग्रीन हाइड्रोजन उत्पादनमा लगानी गर्ने प्रस्ताव अघि सारेको छ ।
कम्पनीले करिब ५० करोड अमेरिकी डलर ७ अर्ब रुपियाँभन्दा बढी लगानी गर्ने योजना प्रस्तुत गरेको हो ।
लगानी बोर्ड नेपालसँग बिहीबार समझदारी पत्र (एमओयू) हस्ताक्षर हुने तयारी भएको छ । कम्पनीले २० मेगावाट क्षमताको पाइलट प्लान्टमार्फत इलेक्ट्रोलाइसिस प्रक्रियाद्वारा हाइड्रोजन उत्पादन गर्नेछ ।
उत्पादित हाइड्रोजनलाई स्टिल उद्योग, मल उत्पादन, अमोनियम नाइट्रेट लगायतमा प्रयोग गर्ने तथा भविष्यमा निर्यातको सम्भावना पनि रहेको बताइएको छ ।
उक्त प्रस्तावलाई बोर्डले अनसलिसिटेड परियोजनाका रूपमा लिएको छ । कम्पनीले गत वैशाखमा पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको र जेठमा बसेको बोर्डको बैठकले विस्तृत सम्भाव्यता अध्ययन गर्न अनुमति दिएको थियो ।
सरकारले यसअघि नै ग्रीन हाइड्रोजन नीति २०८० जारी गरिसकेको छ ।











प्रतिक्रिया