चिनियाँ ईभी गाडीमा जासुसी चिप्स भेटिएपछि इजरायलमा प्रतिबन्ध


काठमाडौं ।

इजरायलले चिनियाँ इलेक्ट्रिक गाडी निर्माता कम्पनीहरू, जस्तै द्यथ्म्, मा जासुसी चिप्स भेटिएको आशंकामा ती गाडीहरूमा प्रतिबन्ध लगाएको छ।

सुरक्षा निकायहरूले चिनियाँ गाडीहरूमा गोप्य सूचना सङ्कलन गर्ने उपकरणहरू जडान गरिएको हुन सक्ने आशंका गरेका हुन्।

यसका कारण इजरायलले राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै चिनियाँ ईभी गाडीको आयात तथा प्रयोगमा रोक लगाएको हो। चीनले भने यस्तो आरोप अस्वीकार गर्दै यसलाई भ्रामक र अनुचित भनेको छ।