प्रि–आईपीओ नाममा अवैध कारोबार


काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले प्रि–आईपीओको नाममा सेयर बिक्री गर्ने कार्य तत्काल रोक्न चेतावनी दिएको छ । सोमबार जारी सार्वजनिक सूचनामा बोर्डले सामाजिक सञ्जालमार्फत् भविष्यमा आईपीओ आउने भन्दै सेयर खरिदका लागि प्रस्ताव गर्नु गैरकानुनी भएको जनाएको हो ।

सेबोनले सार्वजनिक निष्काशन नगरेका विभिन्न सङ्गठित संस्थाका सेयरलाई प्रि–आईपीको नाममा फेसबुक, टिकटक, युट्युब र ह्वाट्सएपजस्ता माध्यममार्फत् छिट्टै आईपीओ आउने भन्दै प्रचार गर्नेकार्य गैरकानुनी भएको जनाएको छ ।

धितोपत्र ऐन २०६३ अनुसार कुनै पनि सङ्गठित संस्थाले एकपटकमा सेयर बिक्री गर्न खोजेमा अनिवार्य सार्वजनिक निष्कासन गर्नुपर्ने व्यवस्था छ । बोर्डले अनुमति बिना सेयर खरिद–बिक्री गर्नु कानुनविपरीत हुने भएकाले लगानीकर्तालाई यस्ता प्रलोभनमा नपर्न आग्रह गरेको छ ।

बोर्डले अनुमति बिना यसरी सङ्गठित संस्थाको सेयर खरिद–बिक्री गर्नु कानुनविपरीत हुने र दण्डनीय कार्य हुने चेतावनी दिंदै, लगानीकर्तालाई यस्ता प्रलोभनमा नपरी सतर्क रहन आग्रह गरेको छ ।

विभिन्न सङ्गठित संस्थाको भविष्यमा आईपीओ आउने भन्दै पहिले नै सर्वसाधारणलाई सेयर खरिद गर्न प्रस्ताव गरिने कार्य अनाधिकृत रहेको बोर्डले जनाएको छ ।