मेटलाइफको एजेन्सी थप


काठमाडौं ।

मेटलाइफ नेपालले पर्सा, कावासोती र दमौलीमा तीन नयाँ एजेन्सी अफिस सञ्चालनमा ल्याएको छ । कम्पनीले यी अफिसमार्फत जीवन बीमा तथा वित्तीय परामर्श सेवामा सहज पहुँच दिलाउने विश्वास व्यक्त गरेको छ ।

कम्पनीका अनुसार नयाँ अफिसहरूले बीमा सेवा मात्र होइन, स्थानीय क्षेत्रमा रोजगारीका अवसर र वित्तीय सुरक्षासम्बन्धी करियर बनाउन चाहने युवालाई नयाँ सम्भावना पनि दिनेछन।

मेटलाइफ नेपालका जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले अफिस विस्तार गर्नु केवल भौगोलिक सञ्जाल विस्तार मात्र होइन, यो बीमा सुरक्षालाई मानिसको दैनन्दिन जीवनसँग अझ नजिक ल्याउने हाम्रो संकल्प हो। यसले मानिसलाई वित्तीय सुरक्षा पाउन लामो दूरी यात्रा गर्न वा पर्खिनु नपर्ने वातावरण सिर्जना गर्ने बताउनुभयो ।