काठमाडौं ।
सरकारले उखु किसानलाई दिने प्रोत्साहन तथा अनुदानबापतको रकम मंगलबार निकासा गरेको छ । अर्थ मन्त्रालयले ७५ करोड ४९ लाख ३८ हजार रुपियाँ निकासा गरी किसानको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
यसअघि मन्त्रिपरिषद्ले प्रतिक्विन्टल ३५ रुपियाँ अनुदान दिने निर्णय गरेको थियो। तर, प्राविधिक कारण देखाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको हुँदा किसानहरू असन्तुष्ट हुँदै काठमाडौ ंकेन्द्रित आन्दोलनमा उत्रिएका थिए।
किसानहरूले भने आफूहरूले अघिल्ला वर्षजस्तै प्रतिक्विन्टल ७० रुपियाँ अनुदान पाउनुपर्ने माग गर्दै आएका छन् । कृषि मन्त्रालयका अनुसार यो अनुदान रकम ८ जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत किसानलाई भुक्तानी गरिनेछ ।
अनुदान निकासासँगै मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा किसान र सरकारबीच वार्ता पनि भएको थियो ।











प्रतिक्रिया