काठमाडौं ।
आर्थिक वर्ष २०८२।८३ को पहिलो महिना साउनमा सरकारले ४४ अर्ब ५७ करोड रुपियाँ सार्वजनिक ऋण उठाएको छ । जसमध्ये ४० अर्ब आन्तरिक ऋण र ४ अर्ब ५७ करोड वैदेशिक ऋण रहेको छ ।
वित्तीय प्रणालीमा तरलता प्रशस्त हुनु र ब्याजदर न्यून हुनु सरकारलाई ऋण व्यवस्थापनमा अनुकूल अवसर बनेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका तथ्यांक अनुसार, साउन महिनामा सरकारको खुद ऋण १४ अर्ब २ करोडले बढेको छ ।
साउनमा थपिएको ऋणपछि कुल २६ खर्ब ८३ अर्ब ६० करोड रुपियाँ ऋण पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८१।८२ को अन्त्यसम्म सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब रुपियाँ थियो ।











प्रतिक्रिया