काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको युद्ध अर्को दुई वा तीन हप्ताभित्र अन्त्य हुने दाबी गरेका छन्।
उनले ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै युद्ध अन्त्यका लागि गम्भीर कूटनीतिक प्रयास भइरहेको बताएका हुन्।
यद्यपि, उनले आफ्नो दाबीको ठोस आधार भने प्रस्तुत गरेका छैनन्।
ट्रम्पले यस्ता दुई हप्ते समयसीमा अघिल्लो अवसरहरूमा पनि प्रयोग गरेका थिए, तर प्रगति नभएको इतिहास छ।
यो टिप्पणी इजरायलले हालै हमासको युद्धविराम प्रस्तावमा चासो नदेखाएको सन्दर्भमा आएको हो।











प्रतिक्रिया