काठमाडौं ।
बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या १०७ रहेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरूको शाखा गत वर्षको असार मसान्तमा ११ हजार ५३० रहेकोमा यस वर्षको असार मसान्तमा ११ हजार ५२६ कायम भएको छ । गत वर्ष प्रतिशाखा जनसङ्ख्या २ हजार ५२९ रहेकामा यस वर्ष २ हजार ५३० कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप तथा कर्जा सुरक्षण कोषबाट असार मसान्तमा ५५ बैंक तथा वित्तीय संस्थाहरूमा प्राकृतिक व्यक्तिका ५ करोड ७१ लाख ३६ हजार चल्ती, कल, बचत तथा मुद्दति निक्षेप खातामा रहेको १५ खर्ब ७९ अर्ब ५ करोड निक्षेप सुरक्षण भएको छ । गत वर्ष प्राकृतिक व्यक्तिका नाममा रहेको ४ करोड ५७ लाख ९५ हजार खातामा १४ खर्ब ३० अर्ब ४६ करोड निक्षेप सुरक्षण गरिएको थियो ।
कोषले असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको ३२७ अर्ब ४२ करोड बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा सरकारको ब्याज अनुदानमा प्रवाह भएको सहुलियतपूर्ण कर्जासमेत सुरक्षण गरेको छ । गत वर्ष.२९६ अर्ब ४५ करोड बराबरको यस्तो कर्जा सुरक्षण गरिएको थियो । क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशत ४२३ अर्ब ७३ करोडले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ५.८ प्रतिशत २७६ अर्ब ९४ करोडले बढेको थियो ।
उता बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो ।
समीक्षा वर्षमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८.६ प्रतिशतले, विकास बैंकहरूको ६.१ प्रतिशतले र वित्त कम्पनीहरूको ८.४ प्रतिशतले बढेको छ । असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६४.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.५ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।
२०८१ असार मसान्तमा यो अनुपात क्रमशः ६६.५ प्रतिशत र १३.२ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०८१÷८२ मा बैंक तथा वित्तीय संस्थाहरूको औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ७ं.९ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.४ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १२.८ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले घटेको छ ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा ७.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५६.२ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ५१.१ प्रतिशतले, हायर पर्चेज कर्जा ३.७ प्रतिशतले र डिमान्ड तथा चालु पँुजी कर्जा १३.२ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा १०.४ प्रतिशतले घटेको छ ।











प्रतिक्रिया