नयाँ बसपार्कबाट खैरो हेरोइनसहित ३ जना पक्राउ


काठमाडौ ।

काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कस्थित एक गेस्ट हाउसबाट खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दाङका निरोज कुँवर (३२), भक्तपुरका सुभाष मिश्र (३०) र धादिङ सिद्धलेकका सूर्य बहादुर थापा (२८) रहेका छन्।

इन्स्पेक्टर शरण विक्रम शाहको टोलीले उनीहरूलाई करिब ५० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।

प्रहरीले उनीहरू उक्त लागूऔषध करिब ३ लाख रुपैयाँमा किनबेच गर्न लागेको अवस्थामा नियन्त्रणमा लिएको हो।