तीजका अवसरमा पशुपतिनाथका चारै गेट बिहान ३ बजेदेखि खुल्ने


काठमाडौ ।

हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरका सबै चारवटा प्रवेशद्वारहरू आज बिहान ३ बजेबाट भक्तजनका लागि खुला गरेको छ।

महिला भक्तजनहरूको ठूलो भीडलाई व्यवस्थित गर्नका लागि मन्दिर प्रशासनले समयअगावै गेट खोल्ने निर्णय गरेको हो।

तीजका दिन हजारौं महिलाहरूले व्रत बसी पशुपतिनाथमा पूजाआजा गर्ने परम्परा रहेको छ। सुरक्षाका लागि पर्याप्त प्रहरी परिचालन गर्ने तयारी गरिएको छ।