पत्रकार महासंघको आन्दोलन घोषणा, अनलाइन मिडिया दर्ता खुलाउन माग


काठमाडौ ।

नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल सुचारु गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ।

महासंघको डिजिटल मिडिया विभागले २०८२ भदौ ११ गते सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाउने र भदौ १३ गतेदेखि सूचना विभागमा कालो व्यानरसहित धर्ना दिने निर्णय गरेको छ।

सरकारले छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन संशोधनपछि साउन २० देखि अनलाइन मिडिया दर्ता र नवीकरण बन्द गरेको थियो।

महासंघका पदाधिकारीहरूले यसलाई प्रेस स्वतन्त्रता विरोधी र असंवैधानिक कार्य भन्दै विरोध जनाएका छन्।