काठमाडौ ।
निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ प्रदेशसभा क्षेत्र नं २ मा कात्तिक १७ गते उपनिर्वाचन हुने जनाएको छ।
सर्वोच्च अदालतले दीपक मनाङे राजीव गुरुङ को पदमुक्त सम्बन्धी फैसलाको पूर्णपाठ सोमबार सार्वजनिक गरेपछि आयोगले उपनिर्वाचनको मिति तय गरेको हो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आवश्यक प्रक्रिया छोट्याएर भएपनि तोकिएको मितिमै निर्वाचन सम्पन्न गरिनेछ।
यसअघि आयोगले रुपन्देही–३ का लागि दल दर्ता र निर्वाचन चिह्न प्रदान गरिसकेको छ।











प्रतिक्रिया