राज्य व्यवस्था समितिको सभापति निर्वाचन भदौ ११ गते


काठमाडौँ ।

रिक्त रहेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदको निर्वाचन भदौ ११ गते हुने भएको छ।

सभामुख देवराज घिमिरेको निर्देशनमा संघीय संसद सचिवालयले निर्वाचनको समय तालिका सार्वजनिक गरेको हो।

सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले सोमबार सूचना जारी गर्दै निर्वाचनको मिति तय गरिएको जानकारी दिएका छन्।