रोनाल्डोको अर्को एउटा कीर्तिमान


एजेन्सी ।

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो चार फरक क्लबका लागि १ सयौं गोल गर्ने विश्वका पहिलो फुटबलर बनेका छन् । रोनाल्डो साउदी सुपर कपको फाइनलमा गोल गरेसँगैं अल नासरका लागि १ सयौं गोलको योगदान दिएका हुन् ।

यस उपलब्धिसँगैं रोनाल्डोले चार फरक क्लबमा १ सयौं गोल गर्ने उपलब्धि हासिल गरे । उनले ब्राजिलका नेयमार र रोमारियो तथा स्पेनका इसिद्रो लांगरासमेत गरी तीन खेलाडीलाई पछि पारेर नयाँ कीर्तिमान रचे । नेयमार, रोमारियो र लांगराले फरक

तीन क्लबका लागि शतकीय गोल गरेका हुन् ।
रोनाल्डोको चार क्लबमा गोलसंख्या
म्यानचेस्टर यूनाइटेड १४५÷रियल मेड्रिड४५०÷युभेन्टस १०१÷अल नासर १००