प्रचण्ड र विप्लवबीच भेट, पार्टी एकताबारे छलफल


काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई भेट्न ललितपुरको हरिसिद्धिस्थित निवास पुगेका छन् ।

चन्दले प्रचण्डलाई फूल दिएर स्वागत गरेका थिए ।दुवै नेताबीच माओवादी केन्द्र र नेकपा (विप्लव) बीच पार्टी एकताबारे छलफल हुने भएको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले यसअघि नै नेकपासँग एकता गर्ने निर्णय गरिसकेको छ तर कार्यदल भने गठन हुन बाँकी छ ।

यस्तै, नेकपाले भदौ २२ गते बस्ने केन्द्रीय समिति बैठकमा एकताबारे निर्णय गर्ने तयारी गरेको जनाएको छ । आजको भेटमा पछिल्लो राजनीतिक गतिरोधबारे पनि दुवै नेताबीच विचार–विमर्श हुने भएको छ ।