काठमाडौ ।
काठमाडौँ महानगरपालिका–२६, मित्रनगरबाट स्कुटर चोरीमा संलग्न एक व्यक्ति आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा गल्कोपाखाका ३७ वर्षीय रिकेश खड्गी रहेका छन्।
उनले भक्तपुरका कञ्चन भुजुको हराएको स्कुटरको वास्तविक नम्बर प्रदेश ०३–०२–००५ प ३७२ रहेको स्कुटरको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०२१ प ७९२४ राखी चलाइरहेको अवस्थामा खड्गीलाई पक्राउ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
खड्गीलाई लैनचौर प्रहरी वृत्तमा अनुसन्धानका लागि पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिएका छन्।











प्रतिक्रिया