रेमिट्यान्स आप्रवाहमा ऐतिहासिक वृद्धि, १७ खर्ब नाघ्यो


काठमाडौं ।

आर्थिक वर्ष २०८१ |८२ मा नेपालमा रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष १७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी विप्रेषण भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.२५ ले वृद्धि हो।

अघिल्लो वर्ष १४ खर्ब ४५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। अमेरिकी डलरमा पनि विप्रेषण १६.३५ ले बढेर १२ अर्ब ६४ करोड डलर पुगेको छ।

त्यस्तै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ५ लाख नाघेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ३३ हजार पुगेको छ।

यो वृद्धिले देशको कुल द्वितीय आय १८ खर्ब ७४ अर्ब रुपैयाँमा पुर्‍याएको छ।